९ कार्तिक २०८१, शुक्रबार 1729865285
Banner

कोशी प्रदेश सरकारमा जसपा सहभागी नहुने

काठमाडौं । सत्तागठबन्धन घटक जनता समाजवादी पार्टी, नेपाल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

मंगलबार इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले बताए । कोशीमा जसपाकी एकमात्र सांसद निर्मला लिम्बू छिन् ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई गठबन्धनका सबै दलले विश्वासको मत भने दिएका थिए ।