९ कार्तिक २०८१, शुक्रबार 1729858342
Banner

गृह मन्त्रालयका ४० कर्मचारीको सरुवा

काठमाडौं-गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरूवा तथा पदस्थापन गरेको छ। 

बिहीबार मन्त्रालयले ४० जना अधिकारीहरूको सरूवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो। 

मापदण्डअनुसार अवधि पुगेका र सरूवा मागेकामध्ये मातहतका अधिकारीहरूको सरूवा भएको हो। 

प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको हो।