९ कार्तिक २०८१, शुक्रबार 1729850736
Banner

सिंहदरबार परिसरभित्र अनुमतिबिना फोटो, भिडियो खिच्न र टिकटक बनाउन नपाइने

काठमाडौं । सिंहदरबार परिसरभित्र अनुमतिबिना फोटो, भिडियो खिच्न र टिकटक बनाउन नपाइने भएको छ ।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय सिंहदरबारभित्रका बगैँचा तथा भिआइपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार बिना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको सिंहदरबार सुरक्षा गणको भनाइ छ ।

अनुमति लिएर मात्र फोटो खिच्न पाइने बताउँदै तामाङले मिडिया तथा सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्न फोटो भिडियो खिच्न भने रोक नलगाइएको जानकारी दिए ।

डिएसपी तामाङले भने, ‘भिआइपीहरू ओहोर दोहोर भइरहने देशको मुख्य प्रशासनिक केन्द्र, मन्त्री, प्रधानमन्त्री कार्यालय अगाडि जो पनि आउने फोटो खिच्ने, टिकटक बनाउने गर्छन् । भिआइपी आएको बेला फोटो खिच्ने, टिकटक बनाउनेका लागि सिट्ठी फुकेर हटाइरहनुपर्ने अवस्था भएपछि सचेत होउन् भनेर ठाउँ–ठाउँमा सूचना बोर्ड पनि राखेका छौँ । सुरक्षा संवेदनशील क्षेत्रमा अनुमति बिना यस्ता कामहरू गर्न रोक लगाएका हौँ । समाचार प्रयोजनका लागि सञ्चारमाध्यमलाई भने रोक लगाइएको छैन ।’