९ कार्तिक २०८१, शुक्रबार 1729843974
Banner

नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाउने

काठमाडौं । पार्टी सुदृढीकरण अभियान चलाइरहेको नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित अभियानको तयारी गरेको छ ।

भदौमा सिरहामा बसेको सचिवालयको बैठकको निर्णयबमोजिम एमालेले मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरु गरेको हो ।

अभियानको बाटो अवलोकनका लागि दुई उपमहासचिव खटिएका छन् । जिल्लाजिल्ला गएर उनीहरुले त्यहाँको पार्टी नेतृत्व, जनवर्गीय संगठनसँग अन्तरक्रिया र सुझावसमेत संकलन गर्ने कार्यक्रम छ ।

अहिले उपमहासचिव प्रदीप ज्ञवाली पाँचथरको चिवाभञ्ज्याङ पुगेका छन् । सो भूमि पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु र नेपाल तथा भारतको सिक्किम राज्यको सिमाना पनि हो ।

उनले भने, अर्का उपमहासचिव विष्णु रिमाल भारतसँगको सीमा नाका बैतडीको झुलाघाट नाका पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाट नाकाबाट अभियानको थालनी गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार अहिलेसम्म अभियानको मिति भने घोषणा भइरहेको छैन ।