९ कार्तिक २०८१, शुक्रबार 1729887360
Banner

१६ जना स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्लामा प्रस्थान गरेका छन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् । उनीसँगै नेपाली सेनाको १६ जनाको मेडिकल टीम पनि गएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

शुक्रबार मध्यरातमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा ८० भन्दा बढीको ज्यान गएको छ । भूकम्पका कारण सयौँ मानिसहरु घाइते भएका छन । मृतक र घाइतेहरुको थप विवरण आउन बाँकी छ ।।