१० कार्तिक २०८१, शनिबार 1729930960
समाचार

भुकम्पका घाईतेलाई निशुल्क उपचार गर्ने सांसद सुनिल शर्माको प्रतिबद्धता

काठमाडौं । सांसद सुनिल शर्माले पश्चिम नेपालमा गएकोे भूकम्पमा परी घाइते भएकाको निशुल्क उपचार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत रहनुभएका शर्माले काठमाडौं मेडिकल कलेज सिनामंगल र दुवाकोटमा रहेको अस्पतालमा भर्ना भएका घाइतेको निशुल्क उपचार गर्ने बताउनुभएको हो ।

भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्वास्थ्य टोली पठाउन तयारी अवस्थामा समेत रहेको विज्ञप्ती मार्फत बताउनुभएको छ ।

गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।