९ कार्तिक २०८१, शुक्रबार 1729843757
Banner

गृहमन्त्रालयद्वारा भूकम्पका कारण भएको क्षति सार्वजनिक

काठमाडौं । गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएका छन् ।

त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको मन्त्रालयले जनाएको छ । त्यस्तै २६८५ घरमा आंशिक क्षति भएको छ ।

रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक गरेको छैन । त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ ।

सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १/१ घर क्षतिग्रस्त भएका छन् । यस्तै सल्यानमा २५, दैलेख र बैतडीमा १÷१ घर क्षतिग्रस्त भएका छन् ।

गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ । यस्तै घाइते २५६ जनामध्ये जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३र३ जना घाइते भएका छन् ।