९ कार्तिक २०८१, शुक्रबार 1729836500
Banner

प्रहरीले दुर्गा प्रसाईंलाई भन्यो : केपी ओलीको कम्बोडियामा भएको लगानी पुष्टि गर् वा कानुनी कारबाही भोग्न तयार होऊ

काठमाडौं । नेपाल प्रहरीले बि एण्ड सी मेडिकल अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा भएको लगानी पुष्टि गर्न वा कानुनी कारबाही भोग्न तयार रहन जानकारी गराएको छ ।

उनले यसअघि पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको भनी बताउँदै आएका थिए ।

प्रसाईले आइतवार केन्द्रीय साइबर ब्यूरोमा गएर प्रारम्भिक वयान दिएका छन् । उनलाई प्रहरीले अरु नेता र विभिन्न व्यवसायीको चरित्रहत्या गर्ने ढंगले सार्वजनिक रुपमा घृणास्पद अभिव्यक्ति दिएको विषयमा पनि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले पटकपटक उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोप पुष्टि हुने केही आधार भए उपलब्ध गराउन आग्रह गर्दा उनले विभिन्न वहाना गरेर उम्किरहेको उच्च अधिकारीले बताए ।

पछिल्लोपटक आईजीपी वसन्त कुँवर आफैंले फोन गरेर उनलाई आरोप प्रमाणित गर्न वा कानूनबमोजिम कारबहीको भागिदार बन्न प्रहरीसमक्ष उपस्थित हुन भनेको एक स्रोतले जानकारी दिए ।