९ कार्तिक २०८१, शुक्रबार 1729865375
समाचार

आजदेखि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा सिम नचल्ने

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आजदेखि लागू हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्णरूपमा एमडिएमएस प्रणाली लागू गर्ने भएको हो । प्रणाली लागू भएपछि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् ।

विदेशबाट ल्याइएका र गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा सिमकार्ड नचल्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको थियो।