९ कार्तिक २०८१, शुक्रबार 1729844090
विश्व

इन्डोनेसियाले गाजा क्षेत्रमा पठायो मानवीय सहायता

काठमाडौं । इन्डोनेसियाले गाजापट्टीमा प्यालेस्टाइनीका निम्ति ५१.५ टन मानवीय सहायता पठाएको छ ।

तीन उडानमार्फत इन्डोनेसिया सरकार र नागरिकका तर्फबाट सहायता सामग्री ढुवानी गरिएको हो ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले विमानहरू इजिप्टको एल–आरिश विमानस्थलमा अवतरण गर्ने बताए । त्यहाँबाट सहायता सामग्री गाजामा पठाइनेछ ।

सहयोगमा चिकित्सा उपकरण, औषधि, वाटर प्युरिफायर, कम्बल, टेन्ट र अरू सामग्री छन् ।

इन्डोनेसियाका निम्ति प्यालेस्टाइनका राजदूत जुहेर अल–शुनले प्रत्यक्ष रूपमा मानवीय सहायता गरिएको भन्दै सहयोगका लागि इन्डोनेसिया सरकार र नागरिकलाई धन्यवाद दिए । सिन्ह्वा