८ मंसिर २०८१, शनिबार 1732405918
Banner

कर्णाली प्रदेशका मन्त्रीहरुलाई भूकम्प प्रभावित क्षेत्रको समन्वय गर्ने जिम्मेवारी

काठमाडौं । कर्णाली प्रदेश सरकारले मन्त्रीहरूलाई भूकम्प प्रभावित क्षेत्रमा समन्वय तथा व्यवस्थापनको जिम्मेवारीसहित खटाउने भएको छ ।

मुख्यमन्त्री र मन्त्रीबीचको छलफलपश्चात् मन्त्रीहरुलाई सो जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री राजकुमार शर्मा सोमबार बिहानैदेखि जाजरकोटमा छन्। मुख्यमन्त्री शर्मा आवश्यकता अनुसार प्रभावित क्षेत्रहरूमा सक्रिय हुनेछन् ।

मन्त्री जिसीका आ–आफ्नो कार्य क्षेत्रअनुसारको सबै मन्त्रीलाई व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् कानुनमन्त्री कष्णबहादुर जिसीका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई गृहजिल्ला समेत रहेको जाजरकोटमा खटाइएको छ ।