९ कार्तिक २०८१, शुक्रबार 1729844100
राजनीति

जाजरकोट भुकम्प पीडितलाई महालक्ष्मी न पा ४ का वडा अध्यक्षले गरे ३ लाख सहयोग

काठमाडौं । महालक्ष्मी नगरपालिका वडा न ४ का वडा अध्यक्ष अमृत खत्रीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू ३ लाख सहयोग गर्नुभएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको कार्यलयमा गई वडा अध्यक्ष खत्रीले भुकम्प पीडितको राहत र उद्धारका लागि ३ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष खत्रीले भुकम्प प्रभावितका लागि आफुले व्यक्तिगत सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले व्यक्तिगत सहयोग गरेको हुँ, पीडितसमक्ष सही समय र ठीक ढङ्गले राहत प्राप्त हुने वातावरण बनेको छ भन्ने अपेक्षा गरेको छु ।’

अध्यक्ष खत्रीसँगै उहाँको टीम सहयोग हस्तान्तरणमा सहभागि भएको थियो । शुक्रबार राति जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका छन् ।