२९ बैशाख २०८३, मंगलबार 1778643083
Banner

मौलापुरको मेयरलाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं। रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुर्नवहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रबार पुर्नवहाली गर्न आदेश सर्वोच्चले आदेश दिएको हो।

सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘निवेदिकाको नगद प्रमुख पद स्वत रिक्त भएको भनि निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचना समेत हाललाई कार्यान्वयन नगर्नुरनगराउनु र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत कामकारवाही गर्न दिनू भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारि गरिदिएको छ ।’ साथै यस सम्बन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न भनेको छ ।