जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ । बुलावायो–बीटब्रिज रोडमा “बोर्डमा २१ यात्रु बोकेको टोयोटा क्वान्टम गाडी“ र “यात्रुसहितको ट्रक“ ठोक्किदा अन्य दुई जना घाइते भएका थिए ।
मिनिबसका चालकसहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ। रासस–सिन्ह्वा