८ कार्तिक २०८१, बिहिबार 1729815380
Banner

मंसिर ७ गतेको बिरोध प्रर्दशनले एमाले के हो भन्ने देखाइदिन्छौँ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने चेतावनी दिनुभएको छ । आइतबार भक्तपुर जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधनका क्रममा उहाँले त्यस्तो बताउनुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको उहाँको भनाइ छ। अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बस्नेतले बताउनुभयो ।

‘हामी व्यक्तिको चरित्र हत्या र हिंसा गर्नेतिर जाँदैनौं। हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको सिद्धान्तमा अगाडि बढेको छौं उहाँले व्यवसायी दुर्गा प्रसाईंलाई चेतावनी दिँदै भन्नुभयो,, मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई आत्मसाथ गरेर ७ गते हामी देखाइदिन्छौं। युवा संघ नेपाल केहो ? अनेरास्ववियु के हो ? एमालेको जनसंगठन के हो ? एमाले के हो ? भन्ने कुरा हामी देखाउँछौं।’

‘एमालेको विरुद्धमा रहेका अपराधी,माफिया र लफंगाहरुलाई ठेगान लगाउनु छ’ बस्नेतले भन्नुभयो ‘गणतन्त्र माथी धावा बोल्दा,पञ्चायतकालिन राष्टियगान गाउँदा सत्तामा हुनेहरुलाई दुख्दैन । उनीहरु रमित हेरेर बसेका छन् । तर एमाले गणतन्त्र विरोधी यस्ता तत्वहरुको खुलेर मुकाविला गर्दछ ।’ सेनापतीलाई आक्रमण गर्दा हात बाँधेर बस्ने व्यक्ति सैनिक हुन नसक्ने भन्दै बस्नेतले अध्यक्ष ओली माथी साइबर आक्रमण भइरहँदा एउटा पनि स्टाटस नलेख्ने र त्यसका विरुद्ध नबोल्ने व्यक्ति एमाले हुन नसक्ने बताउनुभयो । उहाँले एउटा लफंगाले तर्साउदा एमाले पंक्ती स्याल जस्तो भएर सुत्नु लज्जास्पद भएको भन्दै भक्तपुरका सबै पार्टी पंक्तीलाई यस्ता कुराको डटेर प्रतिरोध गर्न निर्देशन दिनुभएको छ ।

दुर्गा प्रसाइले सबैभन्दा बढि भक्तपुरको अपमान गरेको भन्दै उहाँले त्यसको बदला लिएरेै छाडने अडान दोहोरयाउनुभयो । प्रसाईले जादुभाई, भान्जाभान्जि, ज्वाइ, ससुरा सबैलाई ठगेर अहिले हिन्दुवादी नारा लगाउदै पुरानो राष्ट्रिय गान बजाउदा समेत सरकारले कुनै कारबाहि गर्न नसक्नु प्रचण्ड र काँग्रेसको पनि समर्थन छ कि भन्ने आशंका बढदै गएको बस्नेतले बताउनुभयो ।

प्रसाईले आफूमाथि भए नभएका आरोप लगाएको भन्दै त्यसलाई बैज्ञानिक ढंगले प्रमाणित गरेर देखाउन उहाँको चुनौति थियो ।