८ कार्तिक २०८१, बिहिबार 1729807991
Banner

राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रम विथोल्न घूषपैठ भयो: युवासंघ

काठमाडौं । राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको छ ।
युवा संघको नाम लिएर व्यवसायी दुर्गा प्रसाईंको अभियानामा सहभागी हुन आएका महिलालाई राति सुतेकै ठाउँबाट लघारेको भिडिओ सार्वजनिक भएपछि संगठनले बुधबार एक विज्ञप्ति निकालेर यस्तो आशंका गरेको हो ।
अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ, घुसपैठबारे हामीले आन्तरिकरूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनैपनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ ।’