२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 3:12 pm
Banner

हात्तीको आक्रमणबाट माझीको मृत्यु

सूचना प्रेस २०८० मंसिर १८ सोमबार ००:००, १३:२० बजे १ मिनेट पढाइ

काठमाडौं । मोरङको बेलबारी–११ लक्ष्मीमार्गनजिकै जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका अनुसार रक्सी बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ मर्चा बिक्री गर्न लेटाङ–३ बाट बेलबारी बजारतर्फ जाँदैगरेका ५५ वर्षीय कमल माझीको मृत्यु भएको हो । बिहान १० बजेर ४५ मिनेटमा माझीलाई हात्तीले कुल्चेर मारेको प्रहरीको भनाइ छ ।