२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:51 am
समाचार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु, १६१ जना घाइते

सूचना प्रेस २०८३ कार्तिक २८ शनिबार ००:००, ११:५० बजे १ मिनेट पढाइ

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १६१ जना घाइते भएका छन् । नेपाल प्रहरीले जनाएअनुसार सबैभन्दा बढी घाइते मधेश प्रदेशमा भएका छन् । उक्त प्रदेशमा ४७ जना घाइते भएका छन् ।

त्यसैगरी काेशी प्रदेशमा ३० जना, सुदूरपश्चिम प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ७ जना, बागमती प्रदेशमा १२ जना र काठमाडौं उपत्यकामा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा परी सबैभन्दा धेरै गण्डकी प्रदेशमा २ जनाकाे ज्यान गएकाे छ भने काठमाडाैं उपत्यका र सुदूरपश्चिम एक/एक जनाले ज्यान गुमाएका छन् ।