२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:55 pm
Banner

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हृदयाघात

सूचना प्रेस २०८० मंसिर २० बुधबार ००:००, ०७:०३ बजे १ मिनेट पढाइ

काठमाडौं :  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हृदयाघात भएको छ। श्रेष्ठ  छातीमा असहज महशुस भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्। 

उनको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो।  यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको ‘लेफ्ट सर्कमफ्लेक्स आर्टरी’मा एन्जियोप्लास्टी गरिएको थियो। 

उनको स्वास्थ स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ।