९ मंसिर २०८१, आइतबार 1732466424
Banner

एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले सेयर खरिद बिक्री सम्बन्धमा भएका विवरणहरू ४८ घन्टाभित्र सार्वजनिक गर्न निर्देशनसमेत दिएको हो ।

एनसेलको सेयर बिक्री वा हक हस्तान्तरणका विषयमा निष्कर्षमा पुग्नुपर्ने आवश्यक देखिएको भन्दै समितिको बैठकले ३० दिनभित्र अनुसन्धान गर्न निर्देशन दिएको हो। प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गतको एनसेलको ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत रूपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले अनुसन्धान गरी निष्कर्षमा नपुगुञ्जेल अवधिभरको लागि यस सेयर खरिद बिक्री कारोबारसम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न) र यस विषयमा वास्तविकता तथा यर्थाथता पहिचान गर्न ३० दिनभित्र अनुसन्धान गर्नरगराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछु निर्णयमा भनिएको छ।

एनसेलले सेयर खरिद बिक्रीका सम्धन्धमा नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रारम्भिक जानकारीसमेत नदिएको समितिको भनाइ छ। कानुनी व्यवस्थाको परिपालना नगरिनु, सेयर खरिद बिक्री गर्दा अवास्तविक, अनपेक्षित एवं अविश्वसनीय र अपारदर्शी तवरमा अति न्यून मूल्यांकन गरी खरिद बिक्री गरिनु, नेपाल बाहिर सेयर खरिद बिक्री वा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पूँजीगत लाभकर, स्वामित्व हस्तान्तरण करलगायतका करहरू प्रभावित गर्न खोजिनु, करिब ६ वर्षपछि कानुनतः नेपाल सरकारको स्वामित्वमा आउने अवस्थालाई अनिश्चयतर्फ धकेल्न खोजिनु, पारदर्शिता नदेखिनु, नेपालमा वैदेशिक लगानीलाई सहज गर्ने वातावरण नभएको भनी भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोज्नु तथा अन्य नकारात्मक टिप्पणी गर्नुले उक्त कारोबार प्रारम्भिकरूपमा संशयपूर्ण ९शंकास्पद०, अपारदर्शी तथा अवास्तविक रहेको भन्न सकिने अवस्था देखिन्छ, समितिको निर्णयमा भनिएको छ।