काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे बैठक बस्ने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचन, पार्टीको तीन महिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने छ ।