९ मंसिर २०८१, आइतबार 1732433498
Banner

कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।