काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले ६ किलो सुन बरामद गरेको छ । विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु सुनसहित पक्राउ परेको जानकारी दिए । गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए । चेकजाँचको क्रममा उनीहरु राति १२ः४५ बजे पक्राउ परेका थिए ।
यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो । ६किलोसुन सहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । विस्तुत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।