काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलले कानुन विपरीत कुनै काम गरेको छ भने हदैसम्म कारबाही हुने बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणमको बारे जवाफ दिदैँ उनले वैदेशिक लगानी समेत रहेको एनसेलको खरिदविक्रीमा करछलिसम्बन्धमा सम्पूर्ण कागजात संकलन र अध्ययन गरिरहेको बताए। आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मनत्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले सुनाए।
अध्ययन र छानबिन समितिको राय प्राप्त गरेपछि सरकारले आवश्यक कदम चाल्ने स्पष्ट पारे।