९ मंसिर २०८१, आइतबार 1732486292
Banner

पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिए

काठमाडौँ–पोखराबाट काठमाडौँ उड्न लागेको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका छन् । आज बिहान पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलिदिएका हुन् ।  

इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

‘के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन् । इमर्जेन्सी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन्,’ उनले भने, ‘हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ ।’

यात्रुलाई भने अर्को जहाजबाट काठमाडौँ पठाइएको जनाइएको छ ।