काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक रहेको बताएका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैर(जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’