९ मंसिर २०८१, आइतबार 1732477371
Banner

कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरे

काठमाडौँ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन् । उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्।

पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । हिजो मध्य राति १२ बजेसम्म अनलाइन मार्फत १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेको ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले बताए । कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो । यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि उनीहरुलाई समेत फाराम भर्न दिइनेछ । उनीहरुले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको संख्या १ लाख ७२ हजार भन्दा माथि पुग्नेछ । उनीहरुका लागि पछि छुट्टै समय तोकेर आवेदन खुला गर्ने तयारी ईपीएस कोरिया शाखाले गरेको छ ।