काठमाडौ । गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पवाट पीडितहरुका लागि राहत रामग्री लिएर अखिल नेपाल महिला संघको टोली त्यस तर्फ गएको छ । भुकम्प पीडित महिला बालबालिका र वृद्दवृद्धाका लागि राहत सामग्री लिएर गएको टोली जाजरकोट पुगेको हो ।
अनेमसंघका अध्यक्ष टुकाभद्र हमालको नेतृत्वमा केन्द्रीय कमिटीको टोलीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुलाई भेटेको छ । जेष्ठ नागरिक,सुत्केरी महिला र बालबालिकाहरुका लागि न्यायो कपडा वितरण गर्न काठमाडौवाट टोली जाजरकोट पुगेको अखिल नेपाल महिला संघका उपाध्यक्ष शर्मिला कार्कीले जानकारी दिनुभयो । टोलीमा उपाध्यक्ष सुमित्रा विसी, शर्मिला कार्की, विमला पौडेल राई र महासचिव पेम्बा लामा, सचिव मिना रखाल र केन्द्रीय सदस्यहरु कालिका पाठक,शुशिला श्रेष्ठ र कौसिला खत्री छन् ।
सो टोलीले पश्चिम रुकुमका लागि १९ वन्डल न्याना कपडा करिव ५ सय थान र जाजरकोटका लागि ३० बन्डल न्याना कपड़ा करिब १ हजार थान कपडा अनेमसंघका प्रदेश तथा स्थानीय तहका नेता,कार्यकर्ताहरुलाई हस्तान्तरण गरेको प्रचार तथा प्रकाशन समितिका संयोजक कालिका पाठकले जानकारी दिनुभयो ।
अनेमसंघका उपाध्यक्ष सर्मिला कार्कीको संयोजकत्वमा भूकम्प पीडित सहयोग समिति निर्माण गरी विभिन्न क्षेत्रवाट आर्थिक तथा भौतिक सामाग्री विशेष गरी न्याना कपडा संकलन गरिएको थियो । अनेमसंघका विभिन्न समितिहरु मार्फत संकलन गरिएका एक ट्रक सामग्री लिएर टोलि जिल्ला पुगेको हो ।
चिसोको कारण सुत्केरी महिला, बालबालिका, नागरिकहरू वढी प्रभावित भैरहेका कतिपयको मृत्युसमेत भएकोमा अनेमसंघले न्यानो कपडा वितरण गरेको हो। भुकम्प पिडित महिलाहरू विभिन्न प्रकारका हिंसाका सिकार भईरहेको र कतिपयको मृत्यु समेत भएको कुरा सञ्चार माध्यमबाट आएको कारण उनिहरुको अवस्थाको बारेमा जानकारी लिन र स्थानीय प्रशासनलाई खवरदारी गर्न अनेमसंघको टोलिले सरोकारवालाई पनि भेटेको जनाएको छ । स्थानिय प्रशासनलाई जवाफदेही बनाउन सो टोलिले प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, स्थानिय संचारकर्मी, पार्टी प्रतिनिधि र नागरिक समाजसॅग समेत छलफल तथा अन्तरक्रिया गरेको छ।