१० मंसिर २०८१, सोमबार 1732518869
Banner

बालकुमारी घटनामा अध्यक्ष ओलीको प्रश्न, मन्त्री हुलमा गाडी लिएर किन जानुपर्‍यो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा युवाहरुले आन्दोलन गरिरहेको थाहा हुँदाहुँदै मन्त्री जस्तो मान्छे गाडीमा झण्डा हल्लाउँदै त्यहाँ किन पुगेको भनी प्रश्न गर्नुभएको छ ।

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले मन्त्री नै हुल हुज्जत गर्न पुगेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो , ‘मान्छे किन मारिनुपर्यो ? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो ? नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ?

ओलीले भन्नुभयो ‘हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेको मात्र होईन निर्मम रुपले बन्दुकको कुन्जाले हानेर कुटीकुटी मारेको छ । गोली चलाइएको मात्र होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’

हुलहुज्जत हुललाई उत्तेजित बनाएर गोली हालेर मान्छे मारेको टिप्पणी गर्नुभयो । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मान्छे किन मारिनुपर्यो ? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्योरु नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ? हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेर गोलीमात्रै चलाइएको होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’

बालकुमारी घटनामा दुई जनाको हत्या भएको थियो ।