९ मंसिर २०८१, आइतबार 1732493705
Banner

शीर्ष नेताहरुको संयुक्त बैठक आज पनि बस्दै

काठमाडौँ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्ने भएको छ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल शीर्ष नेताहरुको संयुक्त बैठक आज पनि बस्न लागेको हो ।

हिजोको छलफल टुंगोमा पुग्न नसकेपछि आज बिहान ९ बजे पुनः बैठक बस्न भएको छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गर्नुभएको थियो ।

एमालेको आग्रहमा हिजो सहमति नभएपछि आ–आफ्नो दलभित्र छलफल गरेर आज पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान दलका शीर्ष नेताहरु पुनः बैठक बस्न लागेका हुन् ।