८ मंसिर २०८१, शनिबार 1732404560
Banner

राष्ट्रियसभा निर्वाचन: उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत हिजो उम्मेद्वारी दर्ता गराएका नाम विरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका छ । मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि र पर्सी जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ ।

२७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभका लागि मतदान हुने छ । राष्टिय सभाको रिक्त १९ पदका लागि ५२ जनाले उम्मेदवारी दिएका छन् ।