काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा वागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । शतक हान्ने क्रममा आशुतोषले ९९ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।
प्रतियोगितामा यो पाँचौ शतक हो । यसअघि पुलिसका रासिद खान, एपीएफका सन्दीप जोरा, आर्मीका बिनोद भण्डारी र कोशी प्रदेशका सुजन थपलियाले शतक हानेका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २६ ओभरमा २ विकेट गुमाउँदै १७३ रन बनाएको छ ।