४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 12:33 pm
Banner

सीआईबीले सूर्यदर्शन सहकारीमा संलग्न रवि लामिछाने र जिबी राई बारे अनुसन्धान गर्दै

सूचना प्रेस २०८० माघ ७ आइतबार ००:००, १६:१५ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पोखरास्थित सूर्यदर्शन सहकारीको फाइल झिकाएर अनुसन्धान थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेमाथिसमेत सो सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ ।

सहकारी घोटालाका मुख्य आरोपी गितेन्द्रबाबु राई फरार हुनुहुन्छ । सभापति लामिछाने र राईविरूद्व सहकारी विभागमासमेत उजुरी दर्ता भएको छ ।

जिबी राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ ।