२७ जेष्ठ २०८३, बुधबार 1781152046
Banner

कार्यकारिणी समितिको बैठक बोलाउन बीपी प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न  निर्देशन दिनुभएकाे छ।

प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएकाे हाे ।

प्रधानमन्त्री दाहालले उपकुलपति डा कार्कीलाई भन्नुभयाे, “तपाईंले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस्।”

यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिनुभएकाे छ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिनुभएकाे थियाे ।