काठमाडौँ– पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर भएको छ । उच्च अदालत पाटनले हिजो पुनको नियुक्ति बदर गरेको हो ।
गत पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गर्नुभएको थियो ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा पुनको नियुक्तिमा आवश्यक मापदण्ड नपुगेकाले कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।
पुस ४ गते बसेको परिषद् बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।