३१ बैशाख २०८३, बिहिबार 1778760018
समाचार

सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चौकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति करिब ११ः१५ बजेको समयमा गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६७० नम्बरको बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको र मागी खाने व्यक्ति जस्तो देखिने प्रहरीले उल्लेख गरेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाइएको छ ।

दुर्घटनामा संलग्न बस र चालक उदयपुरको त्रियुगा नगरपालिका–१० बसबारी निवासी ३५ वर्षीय कृष्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।