७ जेष्ठ २०८३, बिहिबार 1779358166
Banner

काम गर्ने ओली नेतृत्वको सरकार, जस लिने सत्ताधारी नेताहरू ? : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गठबन्धनका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको जस लिने होडबाजी गरिरहेको आरोप लगाउनु भएको छ । ललितपुरको महालक्ष्मीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले जनकपुर जयनर रेलवेदेखि विभिन्न विकास आयोजनाहरू ओली सरकारले गरेको र अहिले उद्घाटनमा प्रधानमन्त्री देउवा व्यस्त रहेको बताउनु भयो

नेता बस्नेतले देवी ज्ञवाली नेतृत्वको भूमि आयोगले सुकुम्बासीलाई जग्गा वितरण गर्न लाग्दा आयोग खारेज गरेको भन्दै ज्ञवालीले तयार पारेका लालपुर्जा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँड्न थालेको बताउनु भयो

नेता बस्नेत भन्नुहुन्छ,  ‘अस्ति चितवन, भरतपुरमा प्रचण्डले ३९ जना सुकुम्बासीलाई धनीपुर्जा बाँडेको सुनियो । देवी ज्ञवालीले तयार पारेको लालपुर्जा भरतपुरमा गएर रेनुका बाले बाँडेछन् ।’

नेता बस्नेतले अध्यक्ष ओली सरकारले बनाएका आयोजना उद्घाटन गर्दै सत्ताधारीहरूले जस लिन खोजेको भन्दै गठबन्धनका नेताहरू आफन्त नियुक्तिमा व्यस्त रहेको आरोप लगाउनु भयो ।