८ जेष्ठ २०८३, शुक्रबार 1779436915
Banner

भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता हुनुपर्ने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पौडेलले जनमुखी विकासबाट मात्र नागरिकमा सकरात्मक सन्देश जाने दाबी गरेका हुन्।

उनले आयोगले भ्रष्टाचार नियन्त्रण गर्न पुर्‍याएको योगदान गरेको बताए। उनले साना कसुरदार मात्र नभई ठूला प्रकृतिका कसुरदारलाई समेत ध्यान दिएर कानुनको दायरामा ल्याउन पछि पर्न नहुने उल्लेख गरे। उनले अख्तियारले मुद्दा दायर गर्दा आग्रह र पूर्वाग्रह नभई अगाडि बढाउनुपर्ने धारणा राखे।