काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना भएको छ ।
शनिबार महासचिव पोखरेल चढेको गाडी सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटना भएको थियो ।
उनलाई सामान्य चोट लागेको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए । उनले सामाजिक सञजाल मार्फत भनेका छन,‘अहिले ट्रमा सेन्टरमा गएर जाँच गर्दा उहाँलाई सामान्य चोटपटक मात्र देखिएको छ । उहाँ सकुशल हुनुहुन्छ ।’
उनी पार्टीको कार्यक्रमका लागि दैलेख जाँदै थिए ।