८ मंसिर २०८१, शनिबार 1732374277
Banner

गण्डकी प्रदेशका दुई मन्त्री बर्खास्त

काठमाडौँ । नेपाली कांग्रेसबाट गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

प्रदेश सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत वैशाख १५ र जुग्जालीलाई वैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले दुबै मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।