२६ जेष्ठ २०८३, मंगलबार 1781033273
Banner

पदभार सम्हाल्दै महावीरले भने : ३ वर्षपछि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्छु

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् 

आजै शीतल निवासमा शपथ लिएका उनले अपरान्ह सिंहदरबार पुगेर मन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । सो क्रममा उनले आफू दिनरात काम गर्ने बताए । उनले एकदम द्रुत गतिमा काम गर्ने र आफू पदमा पनि धेरै नबस्ने बताए । उनले आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने र राम्रो जग बसालेर नयाँ युवालाई पद हस्तान्तरण गर्ने बताए ।

मन्त्री पुन यसअघिको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।