२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:55 pm
Banner

इलाम क्षेत्र २ मा सुहाङसहित एमालेका छ जनाले दिए निवेदन

सूचना प्रेस २०८० फाल्गुन २७ आइतबार ००:००, १६:२९ बजे १ मिनेट पढाइ

काठमाडौं– इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङ सहित ६ जनाले निवेदन दिएका छन् । एमालेले बनाएको उम्मेदवार छनौट समितिले उनीहरु ६ जनालाई साँझसम्मको समयसीमा दिएको छ ।

निवेदन दिनेमा संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।