८ जेष्ठ २०८३, शुक्रबार 1779447626
Banner

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, १५१ सांसदको समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै छन्। उनले यो संसदमा तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

एक साताअघि कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपालगायतसँग नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् फेरबदल गरेका थिए। यससँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिने बाध्यता आइपरेको हो। नयाँ सत्ता समीकरणमा रहेका ५ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तयारी गरेका छन् । प्रधानमन्त्रीलाई १५२ सिट पुग्ने पक्का भएको हो ।

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रधानमन्त्रीले पेश गर्ने प्रस्ताव छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिनेछ।

बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन्।