७ जेष्ठ २०८३, बिहिबार 1779383757
Banner

नवौँपटक जिब्रो छेडेपछि नगर परिक्रमा गर्दै बुद्धकृष्ण (तस्विरहरु)

भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा प्रत्येक वर्षजस्तै यसवर्ष पनि जिब्रो छेड्ने जात्रा शुक्रबार सकिएको छ । यसपटक स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । पछिल्लो पटक जिब्रो छेडाएका ४९ वर्षीय बुद्धकृष्णले यो पटक पनि नवौँपटक जिब्रो छेडाएका हुन् । यसअघि पछिल्लो वर्ष उनले आठौँ पटक जिब्रो छेडाएका थिए ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गरेका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए।

बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।