९ मंसिर २०८१, आइतबार 1732463127
Banner

उदयपुरमा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ । भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो । को. १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक र बाँकी ४ यात्रुको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

जीपमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाका छन् ।

घटनास्थलमा रहेका स्थानीय मिलन राईका ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।