९ मंसिर २०८१, आइतबार 1732455715
Banner

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन आज कार्यदलको बैठक बस्र्दै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलको बैठक बस्ने भएको छ । नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन आज बिहान ९ बजे अर्थ मन्त्रालयमा कार्यदलको बैठक बस्दै छ ।

मस्यौदाको अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी रहेको छ । पूर्वअर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक विहीबार पनि बसेको थियो । सो बैठकपछि कार्यदल सदस्यले नीति तथा कार्यक्रमलाई शुक्रबार अन्तिम रुप दिने बताएका थिए ।

कार्यदलका एक सदस्य एवं एकीकृत समाजवादीका नेता प्रमेश हमालले विहीबारको बैठकमा कार्यदलको मस्यौदाको ड्राफ्ट सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको र शुक्रबार थप सुझावसहित अन्तिमा रुप दिने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गत फागुन २७ गते सत्ता गठबन्धनका दलहरुले १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबाट २÷२ जना सदस्यहरु छन् ।