८ मंसिर २०८१, शनिबार 1732384117
Banner

हाजिरी जवानीमा रिहा भए महरा

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा रिहा भएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हाजिरी जमानीमा छोडेको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार महरालाई स्वास्थ्यमा समस्या देखिएका कारण हाजिरी जवानीमा छोडिएको हो । विद्युतीय चुरोटको आवरणमा सुन तस्करी गरेको आरोपमा नेता महरा चैत ५ गते पक्राउ परेका थिए । उनलाई रुपन्देहीमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले पहिलो अनुसन्धानका लागि चार दिनको म्याद दिँदै अस्वस्थ भएकाले अस्पताल भर्ना गराउन आदेश दिएको थियो ।