२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:57 am
Banner

ओखलढुंगामा करेन्ट लागेर एक महिलाको मृत्यु, घरसमेत जलेर नष्ट

सूचना प्रेस २०८० चैत्र ११ आइतबार ००:००, ११:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । करेन्ट लागेर ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर चिशंखुगढी गाउँपालिका– ३ को बोगडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस अवस्थामा भेटिएकी थापालाई घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको मृत्यु भएको हो ।

बिहान साढे ५ बजेतिर अचानक विद्युत सर्ट भइ करेन्ट प्रवाह हुँदा घरमा आगो सल्किएको थियो । आगलागीले घरसमेत जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।