३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 8:23 pm
समाचार

सुनकोशी नदीमा हराएका तीन बालबालिकाको शव भेटियो

सूचना प्रेस २०८० चैत्र १५ बिहिबार ००:००, ०५:४२ बजे १ मिनेट पढाइ

उदयपुर । उदयपुरमा होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका तीनै जना बालबालिकाको शव फेला परेको छ ।

प्रहरीका अनुसार नौ वर्षीय रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीय लोक बहादुर मगरको शव भेटिएको हो ।

११ चैत दिउँसो उनीहरू नुहाउने क्रममा सुनकोशीमा बगेका थिए ।