८ मंसिर २०८१, शनिबार 1732347339
Banner

सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या गर्ने रेशम चौधरीको धम्की

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकार ढले चारजनाको हत्या गर्ने धम्की दिएको आरोप लगाइएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले चौधरीले आफूसहित चारजनाको हत्या गर्ने धम्की दिनुभएको बताउनुभएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रेशम पक्षधरले कुटपिट गरेपछि पत्रकार सम्मेलन गर्दै विश्वकर्माले आफ्नो हत्या हुन सक्ने धम्की आएरले सुरक्षाको माग गर्नुभएको हो ।

‘हिजो रेशम दाइलाई भेट्न कार्यालय गएका थियौं। हामी चार जना थियौं, उहाँले सिधै भनिदिनुभयो यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुन सक्छ। हिजो यस्तो भन्नु भएको थियो आज ममाथि आक्रमण भयो। असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उहाँले भन्नुभयो ।

उहाँले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने धम्की दिएको पनि बताउनुभयो ।